
दमौलीः व्यास जयन्ती गुरु पूर्णिमा तथा ध्यानाचार्य सद्गुरू खेमराज अधिकारीको शुभजन्मोत्सवको अवसरमा दमौलीमा रक्तदान कार्यक्रम भएको छ ।
दमौली स्थित अनसन चौतारिमा भएको रक्तदान कार्यक्रममा ५२ जनाले रक्तदान गरेको सद्गुरू खेमराज अधिकारीले बताए । वेदव्यास वैदिक सनातन धर्म शास्त्र अनुसन्धान प्रतिष्ठानको आयोजनामा गरिएको रक्तदान कार्यक्रममा व्यास नगरपालिकाका मेयर बैकुण्ठ न्यौपाने लगायतको उपस्थिति रहेको थियो ।
सोही अवसरमा गुरु खेमराजले आफ्नो १ सय पटक रक्तदान गरेका छन् । व्यास जयन्ती तथा गुरूपुर्णिमाको अवसरमा प्रतिष्ठानले हिजो व्यासको बारेमा वक्तृत्वकला प्रतियोगिता समेत सम्पन्न गरेको थियो ।