
पोखराः गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रतिष्ठानहरुका नाममा विनियोजित बजेट फिर्ता गर्न र प्रदेशका प्राथमिकताका योजनामा खर्चन निर्देशन दिएका छन् ।
मुख्यमन्त्रीका प्रेस संयोजक भरत कोइरालाद्वारा जारी विज्ञप्तिमा गोवद्र्धन शर्मा स्मृति कोष, पुननारायण धनकुमारी श्रेष्ठ परोपकारी कोष, डिल्लीराम लामिछनने स्मृति प्रतिष्ठान भवन, अमृत जोशी स्मृति पार्कलगायतका कार्यक्रमका बजेटमा नागरिकस्तरबाट असन्तुष्टि भएकामा ध्यानाकर्षण भएको भन्दै नयाँ व्यवस्था गरिएको उल्लेख छ ।

प्रदेशको बजेट किताबमा प्रतिष्ठानहरुका नाममा बजेट परेको भन्दै आलोचना भए पछि मुख्यमन्त्रीले सबै बजेट विकासका प्राथमिकतामा खर्चन निर्देशन दिएको प्रेस संयोजक भरत कोइरालाले जानकारी दिए ।