लायन्स र लियो तनहुँको पदस्थापना

  • ख-
  • ख+

दमौली: लायन्स क्लब अफ तनहुँ,लियो क्लब अफ तनहुँ र लियो क्लब अफ तनहुँ निर्मल अल्फाको पदस्थापना गरिएको छ ।
शुक्रवार दमौलीमा एक कार्यक्रम गरि पदस्थापना गरिएको हो । सन २०२२/२०२३ को लागि लायन्स क्लब अफ तनहुँको अध्यक्षमा निर्वाचित राजु दाहाल र सचिव सुरेश पुरीलाई पूर्व अध्यक्ष ध्रुवराज पण्डित र निवर्तमान सचिव सरिता भण्डारीले माइन्युट हस्तान्तरण गरे ।


त्यस्तै लियो अफ तनहुँका नवनिर्वाचित अध्यक्ष गफ्फार मियाँ तथा सचिव सुस्मिता चौधरीलाई निर्वतमान अध्यक्ष, सचिव सुनिल मिश्र र सागर घिमिरे माइन्युट हस्तान्तरण गरे ।

लियो क्लब अफ तनहु निर्मल अल्फाका नवनिर्वाचित अध्यक्ष पबिना न्यौपाने र सचिव कृपा कुमाललाई निवर्तमानअध्यक्ष कमल श्रेष्ठले माइन्युट हस्तान्तरण गरे ।

कार्यक्रममा लायन्स डिस्ट्रिक ३२५ बि १ का पुर्व गभर्नर अशोककुमार श्रेष्ठले नयाँ कार्यसमितिलाई शुभकामना व्यक्त गरे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी