बलेरोको ठक्करबाट मकवानपुरका २ युवाको मृत्यु

  • ख-
  • ख+

दमौली: बलेरो जीपको ठक्करबाट व्यास १३ देउरालीस्थित पृथ्वी राजमार्गमा घाइते मकवानपुरका दुई युवाको ज्यान गएको छ ।
ज्यान जाने दुवै मोटरसाइकलमा सवार हुन् । डुम्रेबाट दमौली तर्फ आउँदै गरेको बा ४३ प ३०२० न.को मोटरसाइकललाई

ग ३ च ४१८२ न.को बलेरोले ठक्कर दिँदा घाइते मकवानपुर हेटौडा म.न.पा.-१३ घर भइ हाल गजरमुखी प्रालिमा कार्यरत २६ वर्षका जयराम मोक्तान र पछाडी सवार मकवानपुर भिमफेदी गा.पा.-१ घर भइ गजरमुखीमै कार्यरत २३ वर्षका दिपेश गोलेलाई चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।


दुवैको शव अस्पताल दमौलीमा रहेको पनि प्रहरीले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी