गण्डकीमा भारी वर्षाको सम्भावना

  • ख-
  • ख+

दमौलीः मौसम पूर्वानुमान महाशाखाले गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको चेतावनी दिएको छ । एक बुलेटिन जारी गर्दै महाशाखाले दिउँसो देशभर हल्का तथा मध्यम वर्षा हुने तर गण्डकी, बाग्मतीलगायतका ठाउँमा भारी वर्षा हुने चेतावनी दिएको हो ।

बुलेटिनअनुसार आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी तथा एक दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।
महाशाखाको मौसम चेतावनीयुक्त बुलेटिन:

देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी तथा एक दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको साथै सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकाले पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदी नाला तथा खहरे खोलामा पानीको सतह बढ्न सक्ने तथा दैनिक जन जीवन/यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी