
दमौलीः व्यास नगर क्षेत्रका बालबालिकाको प्रतिभामूलक प्रतियोगिता व्यास नगर साइनिङ स्टारको अडिसन नतिजा सार्वजनिक भएको छ ।
कोभिडका कारण एक वर्ष पछि हुन लागेको नगर क्षेत्रका १४ वर्ष सम्मका बालबालिकाको क्षमता पहिचानसम्बन्धी यस प्रतिष्पर्धाअन्र्तगत गत शुक्र र शनिबार भएको अडिसन राउण्डमा एक सय ३६ ले सहभागीता जनाएका थिए ।
उनीहरुमध्येबाट प्रतियोगिताका लागि २२ जना छनौट गरिएको जेसिआई व्यास नगरका महासचिव विरेन्द्र नरालले जानकारी दिए ।

अब छनौट भएका बालबालिकालाई एक महिनासम्म नेतृत्व र अतिरिक्त क्रियाकलापका विविध विषयमा प्रशिक्षण प्रदान गरेर फाइनल गरिने क्लबका अध्यक्ष कृष्ण सुनारले जानकारी दिए ।
क्लबले सार्वजनिक गरेको नतिजा यसप्रकार छ ।
