
भानु: मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर तनुहँको भानु नगरपालिका वडा नं ९ मा सोमबार एक महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ४३ वर्षीया तारा थापा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर घाइते भएकी थापाको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले बताएको छ । मृतकको शव अहिले पोष्टमार्टमका लागि दमौली अस्पतालमा ल्याइएको छ ।