
दमौलीः अरु कसैको उम्मेदवारी नपरेपछि जिल्ला समन्वय समिति तनहुँको प्रमुखमा कांग्रेसका शान्तिरमण वाग्ले सर्वसम्मत भएका छन् ।
उनी यस अघि पनि समन्वय प्रमुखमा थिए । कांग्रेस र माओवादी केन्द्रले गठबन्धन गरे पछि तनहुँ जिससमा गठबन्धनका पक्षमा स्पष्ट फराकिलो बहुमत भएकाले अरु उम्मेदवारी नपरेको हो ।
समितिको उपप्रमुखमा माओवादीका वासुदेव थापा निर्वाचित भएका छन् ।
नौ सदस्यीय समितिमा कांग्रेसका चिरञ्जीवी ढकाल, नेत्र गुरुङ, डोलबहादुर सुनार, पानकुमारी खाँण र तिलादेवी आले गरी ६ जना तथा माओवादी केन्द्रबाट लक्ष्मी गुरुङ्ग र खिमलाल भण्डारीसहित तीन जना निर्वाचित भचएका छन् ।
यस अघि नै समितिमा गठबन्धन निर्वाचित हुने अनुमान गरिएको थियो ।