जिल्ला समन्वय समिति निर्वाचनः कांग्रेस माओवादी गठबन्धनबाट उम्मेदवार टुंगिए

  • ख-
  • ख+

दमौलीः सोमबारका लागि तय जिल्ला समन्वय समिति तनहुँको निर्वाचनमा नेपाली कांग्रेस तनहुँले साविकका प्रमुख शान्तिरमण वाग्लेलाई उम्मेवार बनाउने निर्णय गरेको छ ।

यस अघि नै प्रमुखमा उनको नाम करिब निश्चित भए पनि एकल बहुमतको अवस्था नरहेकाले गठबन्धनको कसरतका कारण उम्मेदवार घोषणा गरेको थिएन । कांग्रेस नेतृत्वको गठबन्धनबाट उपप्रमुखमा माओवादीका बासुदेव थापा उम्मेदवार चयन भएका छन् ।

सदस्यहरूमा कांग्रेसले चिरञ्जीवी ढकाल, नेत्र गुरूङ, डोलबहादुर सुनार ,पानकुमारी खाँण र तिला आले तथा माओवादीबाट खिमलाल भण्डारी र लक्ष्मी गुरुङ उम्मेदवार बन्ने निश्चित भएको कांग्रेस जिल्ला सदस्य हुतमणि अधिकारीले जानकारी दिए ।


२० जना मतदाता रहेको समिति निर्वाचनमा काङ्ग्रेस माओवादीबीच गठबन्धन भएकाले गठबन्धनको जीत करिब निश्चित छ । काङ्ग्रेस संग १० , एमाले संग ६ र माओवादी संग ४ मत भएकाले गठबन्धन उम्मेदवार नै विजयी हुने देखिन्छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी