शुक्लागण्डकीको बजेट १ अर्ब २२ करोडः ६० कटेका एकल पुरुषलाई भत्ता, भूमिहिनलाई जग्गा

  • ख-
  • ख+

दुलेगौंडा : शुक्लागण्डकी नगरपालिकाले ६० वर्ष कटेका एकल पुरुषलाई भत्ता दिने घोषणा गरेको छ ।
शुक्रबार ११ औ नगरसभामा प्रस्तुत आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रममा एकल पुरुषलाई भत्ताको विषय समावेश गरिएको हो ।

एक अर्ब २२ करोड १६ लाख रुपैयाँको प्रस्तावित बजेटको नीति तथा कार्यक्रममा उल्लिखित प्रस्ताव आएको हो ।

नगर प्रमुख कृष्णराज पण्डितको अध्यक्षतामा भएको नगर सभामा उप प्रमुख खुमबहादुर विकले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा पूर्वाधार विकासलाई प्राथमिकता दिएर दिइएको छ ।


नीति तथा कार्यक्रमले भूमिहीन, सुकुम्बासी र सुकुम्बासीलाई पुर्जा वितरण गर्ने लक्ष्य लिएको र भ्रष्टाचाररहित सेवा दिने नगर प्रमुख पण्डितले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी