जीपीका चिकित्सक, सुरक्षागार्डसहित पाँचमा कोरोना

  • ख-
  • ख+

दुलेगौंडाः जीपी कोईराला राष्ट्रिय स्वासप्रस्वास केन्द्रका चिकित्सक र स्वास्थ्यकर्मीसहित पाँच जनामा कोरोना संक्रमण देखिएको छ ।

काठमाडौंबाट फर्केकी एक ल्याब टेक्निसियनमा संक्रमण भेटिएपछि अस्पताल नै बन्द गरेर ५० जनाको स्वाब संकलन गरिएकामा पाँच जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार अस्पतालका चिकित्सक, अनमी, सुरक्षागार्ड, लेखा र प्रशासनका कर्मचारीमा संक्रमण देखिएको छ ।
अस्पतालले सबै स्वास्थ्यकर्मी तथा कर्मचारी कन्ट्याक्ट ट्रेसमा परे पछि आकस्मिकसहितका सबै सेवा बन्द गर्दै आएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी