कांग्रेस महामन्त्री गगन आइतबार दुलेगौंडा आउने

  • ख-
  • ख+

दुलेगौंडाः नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापा यहि असार १२ गते तनहुँको दुलेगौंडा आउने भएका छन् । स्थानीय निर्वाचन २०७९ मा काङ्ग्रेसबाट विजेता जनप्रतिनिधिलाई बधाई तथा शुभकामना दिन थापा दुलेगौंडा आउने क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति चुडामणि खनालले बताए ।


कार्यक्रममा थापाले नेपाली कांग्रेस अगुवा कार्यकर्तालाई प्रशिक्षण समेत दिने कार्यक्रम रहेको खनालले बताए ।

पार्टी क्षेत्रीय कार्यसमिति क्षेत्र न २ तनहुँको आयोजनामा हुने कार्यक्रममा काङ्ग्रेस का महासमिति सदस्य , महाधिवेशन प्रतिनिधि , पार्टिका सबै तहका पदाधिकारी एबम सदस्यहरु लाई उपस्थितिको लागि आव्हान गरिएको अध्यक्ष खनालले बताए ।

कार्यक्रम दुलेगौंडाको बीपी चोकस्थित नेवार समाजको भवनमा विहान ११ बजे
हुने खनालले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी