मीनका छात्रालाई सेनिटरी प्याड अभिमुखीकरण

  • ख-
  • ख+

म्याग्देः म्याग्दे गाउँपालिका वडा नं ४ थर्पुस्थित मीन माविका छात्राहरू लाई सेनिटरी प्याडको प्रयोग र महिनावारी हुँदा सरसफाइ तथा पोषण सम्बन्धी अभिमुखिकरण गरिएको छ ।


म्याग्दे गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा भएको अभिमुखिकरण कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख तिलक घिमिरेले विद्यालयमा अध्यन गर्ने छात्राहरू लाई निशुल्क रूपमा सेनेटरि प्याड वितरण गरिएको बताए ।

महिनावारी हुँदा पढाइमा अनियमितता हुन सक्ने र त्यसलाई सरलिकरण गर्न तथा महिनावारी हुँदा मानव स्वास्थ्यमा पर्ने प्रभावका बारेमा कार्यक्रममा प्रकाश पारिएको घिमिरेले बताए । अभिमुखिकरण कार्यक्रममा विद्यालयका प्रअ , शिक्षकहरू , विद्यालय व्यवस्थापन समिति तथा छात्राहरु सहभागी थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी