गण्डकी प्रदेशः मन्त्रिपरिषदको निर्णय आफूखुशी गरेका अर्थमन्त्री बराल हट्लान् ?

  • ख-
  • ख+

पोखराः मन्त्रिपरिषदले पास गरेको बजेटमा आफुखुशी गरेको आरोप लागेपछि गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी बराललाई हटाइने चर्चा चल्न थालेको छ ।

मन्त्रिपरिषदको बैठकले पारित गरेको निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रम हटाउँदै आफूअनुकुल कार्यक्रम समावेश गरेको आरोपमा अहिले सत्तारुढ कांग्रेस र उनकै दलबाट बरालको विरोध भैरहेको छ ।


लोकप्रियता कमाउने नाममा नियमविपरित गएर बजेट पेश गरेको पाइएपछि अहिले प्रदेशसभा नै स्थगित भएको छ । बरालले मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको निर्देशन अस्विकार गर्दै बजेट घोषणा गरेका थिए । जसको विरोध भैरहेको छ ।


सत्तारुढ कांग्रेसकी प्रमुख सचेतक ओमकला गौतमले अर्थमन्त्रीले मन्त्रिपरिषदको निर्णयको नै अटेर गरेकाले त्यो गलत भएको बताइन् । ‘बजेटमा मन्त्रिपरिषद नै सर्वेसर्वा हो, त्यसरी बैठकले पारित गरेको र मुख्यमन्त्रीको प्रष्ट निर्देशन भएको कुरा हटाउन पाइन्न,’उनले भनिन् ।


बरालकै पार्टी माओवादी केन्द्रबाट समेत उनले आफूखुशी गरेको भन्दै विरोध भए पछि बराल हट्न सक्ने आँकलन गरिएको छ । बजेटलाई प्रभावित पार्ने गरी आफ्नो अनुकुलका क्षेत्रमा राखेर मात्र मन्त्रालयगत बजेट दिएको आरोप लागेका बराल यसपाली भने मन्त्रिपरिषदलाई नै अटेर गरेको आरोप खेप्ने अवस्थामा आए पछि उनी हट्ने सम्भावना अधिक रहेको बताइन्छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी