
दमौलीः अविरल वर्षापछि पहिरो खस्दा अवरुद्ध पृथ्वी राजमार्गअन्र्तगत याम्पा डुम्रे सडकखण्डमा यातायात नियमित भएको छ ।
दिउँसो पहिरो खस्दा अवरुद्ध सडक सवा तीन बजेतिरबाट नियमित बनेको प्रहरीले जनाएको छ ।
यातायात अवरुद्ध बन्दा कैयौं यात्रु सडकमै अलपत्र परेका थिए ।
मौसम पूर्वानुमान महाशाखाले वर्षा र बाढीको चेतावनी जारी गरेको छ ।