पृथ्वी राजमार्ग र डुम्रे बेसिसहर सडक खुलाउने प्रयास जारी

  • ख-
  • ख+

दमौलीः अविरल वर्षापछि पहिरो खस्दा अवरुद्ध पृथ्वी राजमार्ग र डुम्रे बेसिसहर सडक खुलाउने प्रयास भैरहेको प्रहरीले जनाएको छ ।


आईतबार बिहानैदेखि डुम्रे बेसिसहर तथा याम्पा डुम्रे सडक पटक पटक अवरु भैरहेको छ । सडक अवरुद्ध भएका कारण आवतजावतमा समस्या भए पछि पहिरो हटाउने काम भैरहेको प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताए ।

डुम्रे बेसिसहर सडकको मुख्य भाग नै पहिरोले बगाएका कारण यातायात नियमित हुन समय लाग्ने देखिएको छ ।
मौसम पूर्वानुमान महाशाखाले यस क्षेत्रमा वर्षा हुने र नदीको बहाव पनि बढ्ने चेतावनी जारी गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी