माछा मार्न गएका युवकको डुबेर मृत्यु, डुब्दै गरेका एकको उद्धार

  • ख-
  • ख+

म्याग्देः माछा मार्ने क्रममा डुबेर म्याग्देका एक युवकको ज्यान गएको छ । साँगे खोलामा माछा मार्न गएका म्याग्दे गाउँपालिका–७ निवासी १८ वर्षका रुपेश विकको ज्यान गएको प्रहरीले जनाएको छ ।


डुबेर बेपत्ता विकको खोजीका क्रममा अचेत अवस्थामा उद्धार गरिएको थियो । तर अस्पताल पुग्नासाथ दमौली अस्पतालका चिकित्सकले उनको मृत्यु भएको घोषणा गरे ।

उनीसँगै माछा मार्न गएका १७ वर्षका विशाल उचैको भने डुब्दै गरेको अवस्थामा स्थानीयले जीवितै उद्धार गरेका छन् । उनको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी