ढोरपाटनका बाढी पीडितलाई जागरणको राहत

  • ख-
  • ख+

पोखरा : ढोरपाटन नगरपालिकाका बाढि तथा पहिरो पीडितहरुलाई जनजागरण आमा समूहले राहत वितरण गरेको छ । बाढी र पहिरोमा परी घर तथा आफन्त नै गुमाएका परिवारलाई घरमै पुगेर राहत प्रदान गरिएको हो ।

जनजागरण आमा समूह विपद् कोष मार्फत समूहका सल्लाहकार देवी थापाको संयोजकत्वमा पोखराबाट गएको टोलीले ६० हजार बराबरको लत्ताकपडा, खाध्यान्न सामाग्री र र बस्ती निर्माण अभियानमा सघाउनका लागि तिस हजार रुपैया नगद ढोरपाटनका मेयर देवकुमार नेपालीलाई हस्तान्तरण गरेको संयोजक देवी थापाले जानकारी दिइन् ।

मेयर नेपालीले आफ्नो क्षेत्रमा परेको बिपतको समयमा समूहले गरेको सहयोग प्रति धन्यवाद व्यक्त गर्दै बिषम परिस्थीतीमा हातेमालो गरेर अगाडि बढ्नुपर्ने बताए ।
राहत संकलन अभियानमा जुटेका नेपाली कांग्रेस बाग्लुङ्गंका क्षेत्रीय सभापती द्रोर्ण कुमार कुँवरले पहिरोको पिडामा मातृशक्तिको सहयोगले ठूलो राहत पुगेको भन्दै खुशी प्रकट गरे ।

स्थानिय स्तरमा संयोजन गरेका वडा नं ९ का अध्यक्ष हरि बहादुर घर्तिमगरले बाढि र पहिरोका कारण निम्तिीएको समस्यालाई समाधान गर्नका लागि सबैको सहयोग आवश्यक रहेको बताए ।
समूहका सदस्यहरु अन्जु क्षेत्री र पबित्रा पोख्रेल लगायतले बाढिपिडितहरुको आँगनमा पुगेर सहयोग गर्न पाउँदा आत्मसन्तुष्टी मिलेको अनुभव सुनाए।

सोहि दिन नै जनजागरण आमा समूहले पोखराको छोरेपाटनमा अवस्थित मानव आश्रममा समूहका अध्यक्ष नन्द गुरुगंको नेतृत्वमा २७ हजार बराबरको खाध्यान्न सामाग्री वितरण गर्यो । प्राकृतिक विपत्ति र मानव जीवनको उत्थानका लागी समूहले यस्ता कार्यहरुलाई निरन्तरता दिदै आएको अध्यक्ष गुरुगंले बताइन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी