भानु ८ मा आगलागीबाट घर नष्ट, सहयोगका लागि परिवारको याचना

  • ख-
  • ख+

भानुः बिहिबार राती भएको आगलागीमा परेर भानु ८ देउरालिटार भतेरेस्थित मन माया तामाङको घर नष्ट भएको छ ।

मानवीय क्षति नभए पनि रातभर लागेको आगोले घरमा भएका सबै सामान नष्ट गरेको वडा सदस्य संगिता पनेरुले जानकारी दिइन् ।


सबै सामग्री नष्ट भए पछि छिमेकको शरणमा रहेका परिवारलाई सघाउनका लागि स्थानीय एवं हाल विदेश रहेका क्रिस सुनारले आग्रह गरे ।

थप जानकारीका लागि वडा सदस्य पनेरु +9779803888594 को नम्बर मा सम्पर्क गरी जानकारी लिन सकिनेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्