अब सत्यवतीमा नर्सको सुविधा

  • ख-
  • ख+

दमौलीः सत्यवती मावि दमौलीले विद्यालयमा नर्स राखेर विद्यार्थीलाई आवश्यक स्वास्थ्य सुविधा दिन थालेको छ ।
विएससी नर्सिङ उत्तीर्ण सुनिता जोशीमार्फत नर्सिङ सेवा प्रदान गर्न थालिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष करुण काफ्लेले जानकारी दिए ।

जिल्लाकै ठूलो करिब तीन हजार विद्यार्थी अध्ययन गर्ने सामुदायिक विद्यालयले प्राथमिक उपचार प्रदान गर्ने उद्देश्यका साथ
आवश्यक उपकरण तथा औषधीसहित नर्सिङ सुविधा प्रदान थालेको हो ।

विद्यार्थीहरु विरामी भईरहने, घाईते हुने गरेकोले उपचारमा सहज बनाउन जिल्लामै पहिलो पटक नर्स राखेको उनले बताए ।
प्रधानाध्यापक एकबहादुर गुरुङले नर्सले ज्वरो आउनुका साथै सामान्य स्वास्थ्य समस्या देखिएमा परीक्षण तथा उपचार गर्ने जानकारी दिए । नर्सले किशोर–किशोरीलाई प्रजनन, परिवार नियोजन, महिनावारी स्वास्थ्य र यौन तथा यौनिकताका सन्दर्भमा परामर्श दिने विद्यालयले जनाएको छ ।

शिक्षक अभिभावक सङ्घका अध्यक्ष सोमराज सिग्देलले यौन, प्रजनन् लगायत स्वास्थ्य चेतना र आधारभूत जाँचका लागि सरकारले विद्यालयहरूमै नर्स खटाउने योजना बनाएकोले दरबन्दीको नै व्यवस्था माग गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी