लागूऔषधसहित दमौली चोकबाट ३ पक्राउ

  • ख-
  • ख+

दमौलीः लागूऔषधसहित दमौली चोकबाट तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बन्दीपुर १ गुरूङटार निवासी विकास थापा, पोखरा महानगरपालिका वडा नं. २२ घर भई हाल तनहुँ व्यास न.पा. वडा नं ४ मा डेरा गरी बस्ने वर्ष २२ की सुजा गुरुङ र जिल्ला नवलपरासी बर्दघाट नगरपालिका वडा नं. १४ घर भई हाल व्यास नगरपालिका वडा नं. ४ डेरा गरी बस्ने वर्ष २१ की रिस्पा तामाङ रहेको तनहुँका डिएसपी युवराज खड्काले बताए ।


लागूऔषध कारोबार गरिरहेको भन्ने सुचनाको आधारमा प्रहरीले उनिहरू लाई खाज्दा फेला पारी नियन्त्रणमा लिएको खड्काले बताए । डेरा कोठा खानतलासी गर्दा लागूऔषध डाईजेपामको एम्पुल ७०, फेनेरागनको एम्पुल ७१ र नुफिनको एम्पुल ७० एम्पुल गरी जम्मा २११ एम्पुल लागूऔषध, नगद रु. २९,७००।– (उनन्तिस हजार सात सय रुपैयाँसमेत बरामद भएको प्रहरीले बताएको छ ।

यता, भोर्लेटार चोकमा हिंडेको अवस्थामा बन्दीपुर गाउँपालिका वडा नम्बर १ गुरुङटार निवासी २४ वर्षका विकास थापा मगरलाई पनि प्रहरीले पक्राउ गरेको छ । शंका लागेर शरिरको तलासी लिंदा डाइजेपामसहित ३० एम्पुल लागूऔषध बरामद गरिएको डिएसपी खड्काले बताए ।
लागूऔषध कारोबारमा संलग्न भन्दै सुजा गुरुङ, रिस्पा तामाङ र विकास थापा तीनैजना लाई अनुसन्धानका लागि तनहुँ अदालतबाट १० दिनको म्याद लिएको खड्काले बताए।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी