समन्वय प्रमुखलाई पुत्रशोक

  • ख-
  • ख+

दमौलीः जिल्ला समन्वय समिति तनहुँकी कार्यवाहक प्रमुख पवित्रा पौडेललाई पुत्रशोक परेको छ ।

उनका जेठा छोरा प्रविण पौडेलको राजधानीमा निधन भएको हो । उनी हिमाल मिडियाका महाप्रवन्धक थिए ।
स्वर्गीय प्रविण अमेरिकी दूतावासका मिडिया संयोजक एवं युवा अभियन्ता अपार पौडेलका दाजु हुन् ।


राजधानीको पशुपतीमा आयोजित अन्त्येष्टीमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल तथा कांग्रेस केन्द्रीय सदस्य गोविन्द भट्टराईले पुष्पगुच्छा अर्पण गरेका थिए । ४३ वर्षिय पौडेल हिमाल मिडियाको व्यवस्थापनमा लामो समयदेखि क्रियाशिल थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्