आँगनमा खेलिरहेका ४ वर्षेको चितुवाको आक्रमणबाट ज्यान गयो

  • ख-
  • ख+

बन्दीपुरः श्रृंखलावद्ध आक्रमणका घटना भएको केही दिनमै बन्दीपुरमा चितुवाको आक्रमणबाट एक बालकको ज्यान गएको छ ।

ज्यान जानेमा बन्दीपुर १ बडीस्वाँरा निवासी चार वर्षका सुप्रिम बगाले मगर छन् ।
प्रेम बगाले मगरका छोरा उनी आँगनमै घर आगनमा खेलिरहेका बेला चितुवाले झम्टेर लगेको थियो ।

घरबाट करिब दुई सय मिटर पर छपेली सामुदायिक वनमा उनको शव भेटिएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताए ।

केही दिन अघि नै वन डिभिजनले चितुवाको आक्रमणबाट दुई जना घाइते भएपछि पासो राखेको थियो । डिभिजनले बालबालिकालाई एक्लै नछाड्न आग्रह गरे पनि घरमै खेलेका बालकले ज्यान गुमाउनुपरेको छ ।
उनी आफ्नी दिदीसँग आँगनमा खेलिरहेको अवस्थामा चितुवाले टिपेर लगेको बन्दीपुर १ का वडाध्यक्ष शिवकुमार श्रेष्ठले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी