स्थानियको गुनोसो पछि बधस्थल अनुगमन

  • ख-
  • ख+

देव गजमेर दमौली : व्यास ३ देउराली नगरमा रहेको बधस्थल धेरै नै फोहोर भएको भन्ने स्थानियको गुनासो पछि व्यास नगरपालिकाको एक टोलिले मंगलबार बधस्थल अनुगमन गरेको छ ।

व्यास नगरपालिकाका प्रमुख प्रसासकीय अधिकृत डिल्लीराम सिग्देलको संयोजकमा सो बधस्थल अनुगमन गर्नुका साथै स्थानियहरु संग पनि बधस्थल सरसफाई सम्बन्धि छलफल गरिएको थियो । सरसफाई शाखाका प्रमुख कृष्ण घिमिरे,उप–मेयर ईन्दिरा दरै, व्यास ३ का वडा अध्यक्ष अनुप राना, वडा सदस्य दधिराज घिमिरे, सदस्य श्रीमाया वि.क.,पुल्चोकटोल संस्थाका अध्यक्ष नेत्र बहादुर थापा, पुल्चोक आमा समुहकी अध्यक्ष शिव गिरि लगायत स्थानियको उपस्थित रहेको थियो ।

बधस्थल एकदमै फोहोर र दुर्गन्धित भएकोले सरसफाइमा ध्यान दिनु पर्ने स्थानियको माग रहदै आएको थियो । हाडखोर कुहिएर गन्हाउने गरी राखेको,लादि, छाला राम्रो संग व्यवस्थापन गर्न नसक्दा दुर्गन्धित हुनुले पछि ठुलो महामारि फैलन सक्ने उपस्थित वक्ताहरुले बताएका थिए ।

सरसफाई शाखा प्रमुख कृष्ण घिमिरेका अनुसार अव बधस्थल क्षेत्र वरपर फुलरोपि दुर्घन्धित मुक्त बधस्थल बनाउने बताए । अव हामीले यो बधस्थल नमुनाको रुपमा दुर्गन्धित रहित बधस्थल भनेर चिनाउदै छौ । उनले भने, यसको लागी हामीले हड्डीको त व्यवस्थापन गरि सकेका छौ, लादी र छालाको व्यवस्थापन गर्नुका साथै यस क्षेत्र वरपर फुल रोप्ने योजना बनाएको वताए ।

प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलका अनुसार अव केहि दिनमा वधस्थल परिवर्तन पाउनुका साथै सम्पुर्ण व्यवस्थापन राम्रो हुने पनि उनले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी