बन्दीपुरमा चितुवाको आक्रमणका एक पछि अर्को घटना

  • ख-
  • ख+

बन्दीपुरः बन्दीपुर गाउँपालिकामा चितुवाका आक्रमण बढेका छन् । शुक्रबार चितुवाको आक्रमणबाट बन्दीपुर ४ बिरुवामा एक आठ वर्षिया बालिका रियाना थापा घाइते भएको भोलिपल्टै आइतबार बिहानै अर्का एक घाइते भएका छन् ।


चितुवाले आक्रमण गरेर घाइते बनाउनेमा बन्दीपुर १ बाघदलेनिवासी ३४ वर्षका हिमलाल बरायञ्जा मगर छन् । उनी घरमा पिंढीमा सुतिरहेका थिए ।
बालिका पनि घरमै रहेका बेला आक्रमणमा परेकी हुन् ।
दुवै मोती पोलिक्ल्निकमा उपचारपश्चात घर फर्केको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी युवराज खड्काले जानकारी दिए ।
वन डिभिजन तनहुँका सहायक अधिकृत काशिराज पण्डितका अनुसार बन्दीपुरमा आक्रमणमा सक्रिय चितुवा अझै सक्रिय रहेको सूचना छ । त्यसैले बालबालिकालाई एक्लै घरबाहिर नपठाउन र निगरानी गरिरहन उनले आग्रह गरेका छन् ।


बालबालिकाबाट ठूला मानिसमा आक्रमण
यस अघिका घटनामा चितुवाले बालबालिकालाई मात्र आक्रमण गर्ने गरेकामा प्रौढलाई समेत आक्रमण थालेको छ ।

तनहुँमा यस अघि भएका अधिकांश घटनामा बालबालकामाथि आक्रमण भएकामा यसपाली बन्दीपुरमा शैलीसमेत बदलिएको पाइएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी