दुलेगौंडाः बामताङ खोलाले बगाएर शुक्लागण्डकी नगरपालिका १० कुखुरे खोला निवासी ५१ वर्षका कुखुरे माईला भनेर चिनिने यामबहादुर विकको ज्यान गएको छ ।


प्रहरीका अनुसार घर जाने क्रममा बामताङ खोलामा आईरहेको भेल तर्ने क्रममा बेपत्ता उनको शनिबार बिहान बेपत्ता ठाउँ नजिकै शव भेटिएको हो ।

घटनास्थलबाट करिब चार सय मिटर तल ब्राहा खोलाको छेउमा उनी मृत अवस्थामा भेटिएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए ।

अन्तिम पटक अध्यावधिक गरिएको 542 Viewed

प्रतिक्रिया दिनुहोस्