कोरोना रिपोर्टः प्रधानमन्त्रीको नेगेटिभ, ३ सल्लाहकारको पोजेटिभ

  • ख-
  • ख+

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीका तीन जना सल्लाहकारमा कोरोना संक्रमण पुष्टि भएको छ।

प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई र प्रेस सल्लाहकार सूर्य थापालाई कोरोना पुष्टि भएको हो। उनीहरु तीनै जनाले सामाजिक सञ्जालमार्फत कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन्।  

तीन जना सल्लाहकारमा कोरोना पुष्टि हुँदा प्रधानमन्त्री ओलीको रिपोर्ट नेगेटिभ आएको छ। प्रधानमन्त्रीका सञ्चारविज्ञ रामशरण बजगाईँका अनुसार प्रधानमन्त्री ओलीको रिपोर्ट नेगेटिभ आएको हो।  
प्रधानमन्त्री ओलीको बिहीबार कोरोना परीक्षण गरिएको थियो भने रिमाल, भट्टराई र थापाको शुक्रबार परीक्षण गरिएको थियो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी