नेपालमा कोरोना संक्रमणको ग्राफः नयाँ संक्रमित २१२०

  • ख-
  • ख+

काठमाडौंः देशमा कोरोना संक्रमितको ग्राफ बढिरहेको छ । शुक्रबार उच्च संक्रमण देखिएका बेला शनिबार पनि संक्रमणमा खास गिरावट देखिएको छैन । नेपालमा शनिबार थप २१२० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

शनिबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा देशभर थप २१२० जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍। जागेश्वर गौतमले जानकारी दिए।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८४ हजार ५७० पुगेको छ। संक्रमितमध्ये ६२ हजार ७४० जना निको भएर घर फर्किएका छन् भने कोरोना संक्रमणबाट अहिलेसम्म ५२८ जनाको मृत्यु भएको छ।

प्रवक्ता गौतमका अनुसार शनिबार कोरोनालाई जितेर २०४४ जना अस्पतालबाट डिस्चार्ज भएका छन्।

उपत्यकामा नयाँ संक्रमित ११७७
काठमाडौंमा १००१ सहित उपत्यकामा थप ११७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

शनिबार गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप ११७७ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

उनका अनुसार काठमाडौंका १००१, भक्तपुरका ६७ र ललितपुरका १०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी