वातावरण दिवसमा जेसिआई भानु बन्दीपुरको वृक्षारोपण

  • ख-
  • ख+

भन्सारः विश्व वातावरण दिवसका अवसरमा प्रस्तावित जेसिआई भानु बन्दीपुरको आयोजनामा भानु नपा वडा न–२ फुस्रेटारस्थित सहिद स्मृति पार्कमा ४५ विभिन्न प्रजातिका वृक्षारोपण गरिएको छ ।


कार्यक्रमको भानु नगर प्रमुख आनन्दराज त्रिपाठीले वृक्षारोपाण गरेर उद्घाटन गरे ।
कार्यक्रममा उपप्रमुख उमा गोतामेसँगै वडा अध्यक्षहरु, जेसीआई लम्जुङ्गका अध्यक्ष प्रेमबहादुर गुरुङलगायतको उपस्थिती थियो ।


जनप्रतिनिधि तथा सामाजिक व्यक्तिको उपस्थितीमा सहिद स्मृति पार्कमा गरिएको वृक्षारोपण कार्यक्रम कार्यकारी उपाध्यक्ष जेसी सबिन कार्कीको संयोजकत्वमा एव महासचिव जेसी कर्ण बहादुर गुरुङले सन्चालन गरेका थिए ।


क्लबका अध्यक्ष दीपक थापाले वातावरण जोगाउने सन्देश दिन कार्यक्रम सफल भएको बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी