म्याग्देमा अध्यक्ष हार्दा कांग्रेसलाई जिल्ला समन्वयमा धक्का ! (कसको कुनमा बहुमत ?)

  • ख-
  • ख+

दमौलीः जिल्ला समन्वय समिति तनहुँमा कुनै पार्टीको पनि बहुमत नपुग्ने भएको छ । १० वटा स्थानीय तहका प्रमुख र उपप्रमुख गरि २० जना मध्ये नेपाली काङ्ग्रेस सँग १० जना सदस्य छन् ।
यस्तै नेकपा एमालेका ६ र माओवादी केन्द्रका ४ जना सदस्य छन् ।

जिल्ला समन्वयको बहुमत पुग्न कांग्रेसलाई एकजना सदस्य नपुग्ने अवस्था छ । स्थानीय तहको निर्वाचन भएको १ महिना पुग्नै लाग्दा अहिले फेरि कांग्रेसभित्र पार्टीले हारेका पालिकाको स्मरण भएको छ । किनभने म्याग्दे र आँवुखैरेनी गाउँपालिका लाई कांग्रेसले जित्ने लिस्टमा राखेको थियो ।

२०७४ सालको स्थानीय चुनावमा पनि पार्टीका उमेदवारले धेरै मतान्तरले जितेका कारण यी दुई पालिकामा बहुमत सहित जित्ने र जिल्ला समन्वयमा एक्लैले बहुमत पुर्याउने काङ्ग्रेसको अपेक्षा थियो । खासगरी काङ्ग्रेसको गढ मानिएको म्याग्दे गाउँपालिकामा उपाध्यक्ष सहित बहुमत सदस्यहरू काङ्ग्रेसले जित्दै गर्दा पालिकाको अध्यक्ष नै तरिकाले हार्नु कांग्रेसको लागि ठूलो घाटा थियो ।

पालिका प्रमुख गुमेर घाटा बेहोरेको काङ्ग्रेसले अहिले जिल्ला समन्वयमा पनि बहुमतको लागि १ जना नपुग्दा घाटा व्यहोर्नुपर्ने अवस्था छ ।

बहुमतका लागि उपसभापति सहितका पद दिएर माओवादीसंग गठबन्धन गर्नुपर्ने बाध्यतामा कांग्रेस छ । अहिले समन्वयमा बहुमत नपुग्ने भए पछि माया रानाले अध्यक्षमा हार्दा जिल्ला समन्वयमा काङ्ग्रेसलाई धक्का लाग्ने टिप्पणी हुन थालेका छन् ।

नौ पालिकामा कसको कुनमा बहुमत ?
तनहुँका १० वटा स्थानीय तह मध्ये ९ वटा ले पुर्णता पाएका छन् । कार्यपालिकाले पुर्णता पाएका मध्ये म्याग्दे, देवघाट, ऋषिङ र भानुमा नेपाली कांग्रेसको बहुमत छ । यस्तै भिमाद, घिरिङ र शुक्लागण्डकीमा नेकपा एमालेको बहुमत छ ।

आँबुखैरेनी गाउँपालिकामा भने माओवादी केन्द्रको एकल बहुमत छ । यता बन्दीपुरमा भने कांग्रेस र माओवादी गठवन्धनको बहुमत छ । एउटा स्थानीय तह बाँकी रहेको व्यासमा २५ गते निर्वाचन घोषणा हुन बाँकी छ । तर, त्यहाँ नेपाली कांग्रेसको बहुमत निश्चित छ । व्यासको परिणाम आएपछि नेपाली कांग्रेसको ५ पालिकामा बहुमत हुनेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्