लायन्स म्याग्देको अध्यक्षमा सुन्दरमणि सर्वसम्मत

  • ख-
  • ख+

थर्पुः लायन्स क्लब अफ तनहुँ म्याग्देको वर्ष २०२२।२३ को अध्यक्षमा सुन्दरमणि अधिकारी सर्वसम्मत चयन भएका छन् ।

शनिबार सम्पन्न तेश्रो अधिवेशनबाट अध्यक्षमा अधिकारीसँगै प्रथम उपाध्यक्षमा गौरवराज राना, द्वितिय उपाध्यक्ष पशुपति अर्याल तथा तृतिय उपाध्यक्षमा सन्जिव घिमिरे चयन भएका छन् ।

क्लबका सचिवमा पोस्टमान श्रेष्ठ चयन भएका छन् । शनिबार आयोजित कार्यक्रममा नवनिर्वाचितलाई क्लबले बधाइ ज्ञापन गरेको थियो । म्याग्दे क्षेत्रमा युवा सहभागीतमा रचनात्मक सामाजिक कार्य गर्ने नवनिर्वाचित अध्यक्ष अधिकारीले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी