
दमौलीः टिप्पर चालकको ठक्करबाट घाइते बन्दीपुर १ का एक स्कुटर चालकको ज्यान गएको छ ।
शनिबार साँझ करिब ६ बजे घाँसीकुवा १२ देउरालीमा दमौलीबाट डुम्रेतर्फ जाँदै गरेका ग १५ प १४८४ नम्बरको स्कुटरका चालक ईश्वर क्षेत्रीको उपचारका क्रममा दमौली अस्पतालमा ज्यान गएको छ ।
उनी सवार स्कुटरलाई ग १ क ५५३३ नं.को टिप्परले ठक्कर दिएको थियो । दमौली अस्पतालमा उपचारका क्रममा साँझ साँढे ६ तिर उनको ज्यान गएको प्रहरीले जनाएको छ ।
उनी सवार स्कुटरलाई ग १ क ५५३३ नं.को टिप्परले ठक्कर दिएको थियो । दमौली अस्पतालमा उपचारका क्रममा साँझ साँढे ६ तिर उनको ज्यान गएको प्रहरीले जनाएको छ । https://damaulinews.com/?p=16629