शुक्लागण्डकीवासीलाई अब कोठा नधाइ सेवा

  • ख-
  • ख+

दुलेगौंडा : शुक्लागण्डकी नगरपालिकामा सेवा लिन पुग्ने नागरिकलाई कर्मचारी खोज्दै विभिन्न शाखामा धाउनुपर्ने बाध्यता हटेको छ । नगरले सार्वजनिक सेवा प्रवाहलाई नियमित, मितव्ययी, कानुन सम्मत, प्रभावकारी र औचित्यपूर्ण बनाई नागरिकमैत्री स्थानीय शासन संञ्चालन गर्न बिहीबारदेखि सेवा प्रवाह संञ्चालन केन्द्र स्थापना गरेको छ । यो संगै आम नागरिकको सानो कामका लागि विभिन्न कार्यकक्षमा पुग्नुपर्ने समस्या हटेको हो ।

कार्यक्रममा बोल्दै शुक्लागण्डकी नगरपालिकाका मेयर कृष्णराज पण्डितले सेवा प्रवाह संञ्चालन केन्द्रले सहजकर्ताको भुमिका निर्वाह गर्ने बताए । उनका अनुासर शुक्लागण्डकीको ग्रामिण क्षेत्रमा तथा बजार क्षेत्रमा बसोवास गर्ने आमनागरिकले नगरपालिका आएपछि कुन कामको लागि कस्लाई भेट्ने थाहा नहुने हुदाँ यस केन्द्रले ठुलो सहयोग पु¥याउने छ ।

सहज केन्द्र संञ्चालन भएसंगै कर्मचारी र आम नागरिक बिचको सम्बन्ध प्रगाढ हुने विश्वास समेत व्यक्त गरे । ‘यस कार्यले संघियताको मुल मर्म अनुरुप डोर टु डोर सर्भिसलाई केही हदसम्म पुरा गर्नेछ । कर्मचारीलाई सहज रुपमा काम गर्ने वातावरण निर्माण हुनेछ भने सेवाग्राहीलाई सहज रुपमा काम सम्पन्न गर्न सहयोग पुग्छ ।’मेयर पण्डितले भने ।

सोही कार्यक्रममै बोल्दै नगर उपप्रमुख खुमबहादुर विक (राजु) ले कामको लागि जनता कर्मचारीको ठाउँमा जाने नभई कर्मचारी नै आवश्यक परेको खण्डमा जनता सामु आएर काम गर्ने वातावरण सिर्जना गर्ने बताए । ‘नगरको शाखामा, उप–शाखाहरुमा रहेका कर्मचारीलाई जनताले खोज्दै जाने होईन कि, यो केन्द्रमा आएपछि जनतालाई समस्या परेको खण्डमा जनता खोज्दै कर्मचारी केन्द्र सम्म आउने वातावरण सिर्जना गर्छौ’ उनले भने । उनका अनुासर सेवा प्रवाह केन्द्रबाट तोकिएको समयमा विधि र नियमसंगत जनताको काम गर्न कर्मचारीलाई आग्रह गरे ।

शुक्लागण्डकी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लिला बल्लभ न्यौपानेले नगरको सेवालाई जनमैत्री बनाउन सेवा प्रवाह केन्द्र सुरु गरेको बताए । उनका अनुसार सार्वजनिक क्षेत्रमा सेवा प्रवाह केन्द्रको प्रयोग कमै हुने गरेको हुदाँ सम्भवत सेवा प्रवाह केन्द्र नेपालमै प्रथम पटक शुभारम्भ भएको हो । नगरपालिकाले पहिलो पटक यस्तो सेवा प्रदान गर्न लागेको हुदाँ असार मसान्तसम्म परिक्षण कालको लागि गरिने र त्यसपछि थप परिमार्जित गर्दै अगाडी लैजाने बताए ।

शुक्लागण्डकी नगरपालिकाको सामाजिक विकास शाखा प्रमुख हिमा पोख्रेलले सेवा केन्द्रको परिचय, उद्देश्य र संञ्चालन विधिबारे जानकारी दिईन् । साथै कार्यालयमा आउने आम सर्वसाधारण नागरिक फाईल लिएर वा नलिई कुनै पनि शाखामा प्रवेश गर्न नपाउने तर नगर प्रमुख र उपप्रमुसंग भेट्न भने कुनै बाधा नपर्ने बताईन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्