एक महिनादेखि हराएका व्यक्ति सेती किनारमा भेटिए

  • ख-
  • ख+

दमौलीः शुक्लागण्डकी किनारमा एक युवक मृत भेटिएका छन् । अन्दाजी ३० वर्षका देखिने युवक सेती किनारमा मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

उनको खुट्टा नदीमै तैरिरहेको अवस्थामा भेटिएका युवकको शवलाई पहिचानका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ ।

ईलाका प्रहरी कार्यालय बेलचौताराका निरिक्षक जगदिश रेग्मीले उनी पोखराबाट एक महिना अघि हराएको भनेर आफन्तले सम्पर्क गरेको जानकारी दिए । ‘एक महिना अघि हराएको व्यक्ति भनेर आफन्तले सम्पर्क गरेका छन्,’ उनले भने,‘शव पहिचान र पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाएका छौं ।’

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी