महेन्द्र माविमा विजयको ५ वर्ष

  • ख-
  • ख+

गुणादीः महेन्द्र माध्यमिक विद्यालय म्याग्दे १ गुणादीको व्यवस्थापन समिति अध्यक्ष विजयराज खनालले आफ्नो ५ बर्षको उपलब्धि सार्वजनिक गरेका छन् । उनले आफु २०७४ सालमा व्यवस्थापन समितिको अध्यक्ष भएयता हालसम्म विद्यालयको लागि धेरै काम गरेको भन्दै कामका प्रगति सार्वजनिक गरेका हुन् ।


खनालले अध्यक्ष भए पछि विद्यालयमा वाइरिङ र पंखाको व्यवस्था गरेको सहयोगी हातहरूबाट ४२ थान पंखा संकलन गरि विद्यालयमा जडान गरेको , २ सय जना अट्ने सभाहल निर्माण गरेको, रूम र सुविधा सम्पन्न लाइब्रेरी कोठा निर्माण गरेको बताएका छन् ।


त्यससँगै प्रशासनिक कोठाको व्यवस्था , फर्निसिङ्ग सहितको स्टाफ रूमको व्यवस्था , युरोगार्ड सहितको खानेपानी टङ्किको ( वडा कार्यलयको सहयोगमा) व्यवस्था, जिव्सन , मार्वल लगाउने काम , ससाना बालबालिकालाई खेल्ने , सुत्ने व्यवस्था , महायज्ञमा १ करोड २० लाख संकलन , दानदाता हरू लाई ताम्रपत्र , शिलालेख र कक्षा कोठामा नाम लेखिएको उनले बताए ।


विद्यालयमा प्राविधिक शिक्षाको लागि सीटीइभीटी र गण्डकी प्रदेशमा निवेदन सहित आवस्यक कागजात बुझाइएको उनको कार्यसम्पादन सूचीमा छ ।
कक्षा ११ र १२ को सम्बन्धन ल्याइएको, योङ लिभिङ फाउन्डेसन बाट सहकार्य गरि ६ कोठे पक्कि भवन तयार पारिएको , गाउँपालिकाको सहकार्यमा शौचालय निर्माण भएको, जिल्ला शिक्षा समन्वयको सहयोगमा ४ कोठे भवन निर्माण भएको खनालको कार्यसम्पादन सूचीमा छ ।


आइसीटीका लागि १५ थान कम्प्युटर खरिद गरिएको, नर्सरी देखि कक्षा ९ सम्म अंग्रेजी माध्यमिकको शिक्षा, आधुनिक विज्ञान कोठा , परिक्षा सञ्चालन कोठा , शैक्षिक सुधार गरिएको पनि खनालले उल्लेख गरेका छन् । साथै ए प्लस ल्याउने विद्यार्थीको संख्या बढ्दै गएको, तीन तीन महिना अभिभावक भेला गर्ने गरिएको, विद्यालयलाई राजनीतिबाट मुक्त गराइएको, विद्यार्थी, शिक्षक र व्यवस्थापन समितिमा कहिल्यै बिवाद नभएकोलगायतका उपलब्धि आफ्नो कार्यकालमा गर्न सफल भएको बताएका छन् ।

खनालको केही दिनमा कार्यकाल सकिँदैछ । आफ्नो कार्यकाल सकिनै लाग्दा खनालले सुधारका विवरण सार्वजनिक गरेका हुन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी