तनहुँमा राष्ट्रिय महिला अधिकार दिवस मनाइयो

  • ख-
  • ख+

दमौली: व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्याैपानेले संयुक्त लैंगिक समानताले मात्रै दिगो विकासमा जान सकिने बताएका छन् ।

लैंगिक समानता भन्ने बित्तिकै महिला पुरूषकाे समानता भन्ने बुझ्नुपर्ने हुन्छ प्रमुख न्याैपानेकाे भनाइ थियो । उक्त कुरा प्रमुख न्याैपानेले चाैंथाे राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा बताएका हुन् ।

मंगलबार दमाैलीमा अायाेजित कार्यक्रममा बाेल्दै प्रमुख अतिथि समेत रहेका न्याैपानेले महिला पुरूष एकले अर्कोलाई साथ दिएमा सहयोग गरेमा र सहकार्य गर्दै अगाडि बढेमा लक्ष्यमा पुगिने बताए ।
हिजो छाेरिले अंश पाउने व्यवस्था थिएन , अाज ब्यबस्था भएको छ , पाएकाे अंश बिक्री गर्ने अधिकार थिएन , अाज अधिकार प्राप्ति भएको छ , याे महिलाको लागि अधिकार प्राप्तिकाे कुरा हाे न्याैपानेले भने ।

स्थानीय तहमा ४० प्रतिशत महिला , मेयर उपमेयरमा ५० प्रतिशत महिला उमेदवारकाे व्यवस्था हुनु पनि अधिकार प्राप्तिको कुरा हाे न्याैपानेले भने । अब महिला अधिकार प्रतिशतले हाेइन रचनात्मक कामले , कृयाशिलताले र सशक्तताले प्राप्ति गर्नुहाेस् , पुरूषले दिए पामला भन्ने साेच हटाउनु हाेस न्याैपानेले भने ।

तनहुँका प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालको सभापतित्वमा भएको कार्यक्रममा व्यास नगरपालिकाका उपप्रमुख ईन्दिरा दरै , अाँवुखैरेनि गाउँपालिकाका उपाध्यक्ष दुर्गा अर्याल , सामाजिक बिकास कार्यलय तनहुँका प्रमुख ध्रुव रिजाल , शुक्ला गण्डकी नगरपालिकाका शाखा अधिकृत हिमा पाेख्रेल , वडा अध्यक्षहरूकाे तर्फबाट मिलन भुजेल , सहकारीको तर्फबाट शुभद्रा घिमिरे , विष्णु भण्डारी , सारदा गैर्हे पाैडेल लगायतले महिला अधिकारकाे पक्षमा बाेलेका थिए ।

कार्यक्रममा महिला अधिकारकर्मी एवम् वकिल सरिता भण्डारी तथा तनहुँ प्रहरी प्रमुख राजेन्द्र अर्यालले महिला अधिकार र कानुनी अवस्थाका बारेमा छुट्टाछुट्टै प्रशिक्षण दिएका थिए । कार्यक्रममा तनहुँका जनप्रतिनिधि , कर्मचारी , शिक्षक लगायत महिलाको क्षेत्रमा काम गर्ने महिलाको उल्लेख्य उपस्थिति रहेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्