
पोखरा :जोमसोम रुटमा २२ जनासहित हराएको तारा एयरको जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ ।
मुस्ताङको थासाङ गाउँपालिकाको कोबाङ गाउँमाथि सानुसरी भन्ने ठाउँमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको मुस्ताङका प्रदेश सांसद चन्द्रमोहन गौचनले जानकारीदिए । उनका अनुसार थासाङ गाउँपालिकाको नाउरीकोटबाट उक्त स्थानमा पुग्न करिब ४ घण्टाको पैदल हिडेपछि पुगिन्छ ।
समुन्द्रसतहबाट करिब ४ हजार १ सय मिटरको उचाइ रहेको ठाउँमा जहाज दुर्घटनाग्रस्त भएको हो ।
नाइन एन एइटी कल साइन भएको जहाजको फोटोमा कलसाइन प्रस्ट देखिएको छ । जहाजको खोजी कार्य सोमबार बिहानै देखि सुरु भएको हो । आइतबार खराब मौसमका कारण खोजी कार्यमा कठिनाइ भएको थियो । आइतबार बिहानदेखि हराएर सोमबार बिहान फेला परेको जहाजमा रहेका सबैको मृत्यु भएको आशंका गरिएको छ ।
द्र्घटनास्थलतर्फ नेपाली सेना र नेपाल प्रहरीको टोली पदैल रुपमा पनि गएका छन् ।उद्धार र खोजीको लागि ५ वटा हेलिकोप्टर परिचालन गरिएको नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ । आइतबार बिहान ९ बजेर ५५ मिनेटमा उडेको जहाज १० बजेर ७ मिनेटपछि सम्पर्क विहीन भएको थियो ।
घटनास्थल पुगेक स्थानीय इन्द्रसिंह शेरचनका अनुसार जहाज टुक्रा टुक्रा परेको छ भने शवहरु क्षत विक्षत अवस्थामा रहेका छन् । अहिले सम्म शेरचन मात्र घटनास्थलमा पुगेका हुन् ।
समुन्द्र सतहबाट करिब ४५ सय मिटरको उचाइमा जहाज दुर्घटनामा परेको हो । केही शव चिन्न सकिने अवस्थामा र केही शव चिन्न नसकिने अवस्थामा रहेको बताइएको छ ।
जहाजमा चालक दल ३, २ जर्मनी, ४ भारतीय र १३ जना स्वेदशी यात्रु थिए ।
यात्रुकाे नामावली
१.क्याप्टेन प्रभाकर घिमिरे
२. काे पाइलट उत्सव पोखरेल
३. एयर होस्टेज किस्मी थापा
यात्रुहरु
१. बान्देकर वैसवी
२.इन्द्रबहादुर गोले
३.पुरुषोत्तम गोले
४.राजनकुमार गोले
५.मेइक ग्रीटग्राफ
६.बसन्त लामा
७.गणेश नारायण श्रेष्ठ
८.रवीना श्रेष्ठ
९.रश्मी श्रेष्ठ
१०.रोजिना श्रेष्ठ
११.प्रकाश सुनुवार
१२.मकरबहादुर तामाङ
१३.राममाया तामाङ
१४.सुकुमाया तामाङ
१५.तुलसादेवी तामाङ
१६.अशोककुमार त्रिपाठी
१७.धनुश त्रिपाठी
१८.ऋतिका त्रिपाठी
१९.वी विलनर