युवा रेडक्रस सर्कलको अध्यक्षमा तिवारी

  • ख-
  • ख+

दमौलीः युवा रेडक्रस सर्कल आदिकवि भानुभक्त क्याम्पसको अध्यक्षमा सुनिता तिवारी निर्वाचित भएकी छन् ।

शुक्रबार व्यास १ विज्ञानचौरमा भएको साधारण सभा तथा नवौं अधिवेशनबाट तिवारी अध्यक्षमा निर्विरोध रुपमा निर्वाचित भएकी हुन् । त्यस्तै सर्कलको उपाध्यक्षमा उपाध्यक्ष सन्जिव सुनार, सचिव सविन लामिछाने, कोषाध्यक्ष रोजिना सुनार, सहसचिव सन्देश कोइराला चयन भएका हुन् ।

त्यस्तै सदस्यमा मन्जिला थापा, बबिता रानाभाट, सन्तोष विक, कन्चन सोमिया, सन्ध्या लौडारी रहेका छन । अधिवेशनले विभिन्न उपसमिति समेत गठन गरेको छ । दैवी प्रकोप तथा प्राथमिक उपसमिति संयोजकमा सुमन खड्का, युवा परिचालन उपसमिति संयोजक निशा भण्डारी, अर्थ उपसमिति संयोजक कविना गैरे, संस्था समन्वयको उपसमिति संयोजक सुरक्षा अधिकारी चयन भएका छन ।


कार्यक्रममा बोल्दै नेपाल रेडक्रसका केन्द्रीय सदस्य प्रदीप घिमिरेले मानवीय र सामाजिक सेवाका लागि निस्वार्थ रुपले सबै भन्दा अग्रपंक्ति उभिने भावनाको विकास गरेमा समाज समृद्ध हुने बताए । कार्यक्रममा सर्कलका पुर्व अध्यक्ष लगायतलाई सम्मान गरिएको थिए ।

सर्कलका निर्वतमान अध्यक्ष सन्देश अधिकारीको सभापतित्वमा सप्पन्न उक्त कार्यक्रममा क्याम्पस प्रमुख महाप्रसाद हडखले, युवा रेडक्रस सर्कल गण्डकी प्रदेश सयोजक रामदत्त पौडेल लगायतले बोलेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी