म्याग्देमा पुराना जनप्रतिनिधिको बिदाइ र नयाँलाई स्वागत

  • ख-
  • ख+

म्याग्दे: ‘तपाईहरू नयाँ हुनुहुन्छ विभिन्न प्रकृतिका कामहरू आउन सक्छन् , आएका सबै काम हुन्छ भनेर कानुनै नबुझी नगर्नुहोस् ! कुनै अफ्ट्यारो काम आएमा गाउँपालिका संग समन्वय गर्नुहोस् ! म्याग्दे गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद अधिकारीले प्रशिक्षण दिँदै भनेका थिए । नागरिक सँग समन्वय र सहकार्य गरेर काम गर्नुहोस्’ भन्दै अधिकारीले
‘नागरिकले सबै कुरा बुझेको हुँदैन , उसलाई बुझाउने पनि जनप्रतिनिधि , कर्मचारीको दायित्व हो ‘भन्ने हेक्का राख्न सुझाए ।

जनप्रतिनिधिले आँफुले गर्ने दायित्व सेवा हो सुविधा होइन भन्ने बुझ्नुपर्ने उनको भनाइ थियो । सधैं जागरूक र उत्प्रेरित हुन सकेमा जस्तोसुकै काम सहज तरिकाले हल गर्न सकिने अधिकारीको भनाइ छ ।

उक्त कुरा प्रमुख प्रशासकिय अधिकृत अधिकारीले म्याग्दे गाउँपालिकामा आएका नवनिर्वाचित जनप्रतिनिधिहरू लाई भनेका थिए । कार्यक्रममा गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले गाउँपालिकाको बिकासको लागि कटिबद्ध भएर लाग्ने बताए । सोहि अवसरमा उपाध्यक्ष बालकृष्ण घिमिरेले गैर्ह कानुनी र पहिले रोकिएका कामहरू नयाँ जनप्रतिनिधि हरू आएपछि गर्दिन्छ भनेर आउन सक्ने भन्दै कानुन बुझेर मात्रै काम गर्न अनुरोध गरे ।

कार्यक्रममा निवर्तमान अध्यक्ष मायादेवी रानाले आफ्नो कार्यकाल सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिएकी थिइन् । रानाले अवका दिनपनि सामाजिक काममा लाग्ने प्रतिवद्धता ब्यक्त गरेकि थिइन् । स्वागत तथा बिदाइ कार्यक्रममा सात वटै वडाका अध्यक्ष हरू, कार्यपालिका सदस्यहरू , नयाँ तथा पुराना सदस्य तथा कर्मचारी हरूको उपस्थिति रहेको योजना शाखा प्रमुख श्रीराम खनालले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी