
दमौलीः होटल संघ नेपाल गण्डकी प्रदेशको उपाध्यक्षमा दमौलीका राजकुमार श्रेष्ठ चयन भएका छन् । सोमबार पोखरामा आयोजित प्रथम अधिवेशनबाट दमौलीका श्रेष्ठ सर्वसम्मत चयन भएका हुन् ।
प्रदेशको अध्यक्षमा पोखराका हरिप्रसाद शर्मा , तथा सदस्यमा होटल संघ तनहुँका अध्यक्ष जीवन शाही चयन भएको नवनिर्वाचित उपाध्यक्ष राजकुमार श्रेष्ठले बताए । प्रदेशमा अहिले ११ जिल्लालाई समेटिएको छ ।
श्रेष्ठ क्षेत्रीय होटल संघ तनहुँका संस्थापक अध्यक्ष समेत हुन् । उनले लामो समयदेखि दमौलीमा होटल व्यवसाय सञ्चालन गर्दै आएका छन् ।