
दमौलीः व्यास ५ तल्लो गुणादीमा भएको एक स्कुटर दुर्घटनामा एक आमाको ज्यान गएको छ ।
पोखराबाट दमौली आउँदै गरेको ग २० प ६३३६ नम्बरको स्कुटरलाई पोखराबाट विराटनगर जाँदै गरेको ना ४ ख ८४४५ नम्बरको बसले ठक्कर दिएको घटनामा परी गम्भीर हुनेमा छोरा छन् ।
घटनामा परी ज्यान जानेमा भिमाद २ निवासी ४० वर्षिया पवित्रा थापा छन् ।
उनको उपचारका क्रममा दमौल्ी अपतालमा मध्याह्न ज्यान गएको थियो । आमासँगै दमौली आइरहेका उनका २० वर्षका छोरा सुसिरको चिन्ताजनक अवस्थामा पोखरामा उपचार भैरहेको प्रहरीले जनाएको छ ।