त्रिशुलीमा ट्रक खस्दा चालकसहित ३ घाइते

  • ख-
  • ख+

मुग्लिनः पृथ्वी राजमार्ग अन्तरगत चितवनको इच्छाकामना गाउँपालिका ४ धारापानी नजिकैबाट त्रिशुली नदीमा ट्रक खस्दा ३ घाइते भएका छन् ।

भैरहवाबाट काठमाण्डौ जाँदै गरेको ना ५ ख ९६२२ नम्बरको ट्रक ८० फिट तल त्रिशुली नदी किनारमा खसेको हो । ट्रकको आधा भाग त्रिशुली नदी किनारमा डुवेको अवस्था छ ।

दुर्घटनामा परी घाइते भएका ट्रक चालक गल्छी–७ धादिङ्ग बस्ने वर्ष २८ का रोहित तामाङ, ट्रकमा सवार सोही ठाउँ बस्ने १९ वर्षका रामकुमार लालचन र अर्का सोही ठाउँका २३ वर्षका का राजन भनिने अर्जुन रुम्बा रहेको ट्राफिक प्रहरी कार्यालय मुग्लिङका प्रहरी सहायक निरीक्षक युवराज बसौलाले जानकारी दिएका छन् ।

विहान ५ बजे भएको दुर्घटना लगत्तै ईलाका प्रहरी कार्यालय मुग्लिङ र विपद् व्यवस्थापन शिक्षालय कुरिनटारको सशस्त्र टोलीले घाइतेको तत्काल उद्धार गरी उपचारको लागि गजुरी अस्पताल लगिएको प्रहरीले जानकारी दिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी