केन्द्रीय सदस्यको वडामा जित्ने कांग्रेसका दलबहादुर एक्ला वडाध्यक्ष

  • ख-
  • ख+

दमौलीः नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईको वडामा नेपाली कांग्रेसका वडाध्यक्ष उम्मेदवार दलबहादुर दुरा विजयी भएका छन् ।

उनले आफ्ना निकटतम प्रतिष्पर्धी एमालेका विरेन्द्रबहादुर अधिकारीलाई बाक्लो मतान्तरले पराजित गर्न सफलता पाएका हुन् ।
तनहुँमा कांग्रेस केन्द्रीय सदस्य भएको वडामा जित्ने उनी एक मात्र वडाध्यक्ष भएका छन् । केन्द्रीय सदस्य प्रदीप पौडेल, शंकर भण्डारी तथा ध्रुव वाग्लेको वडामा कांग्रेस उम्मेदवार पराजित भएका छन् ।

सबैमा एमालेका उम्मेदवार विजयी हुँदा भट्टराईको वडामा भने कांग्रेसले फराकिलो जित निकालेको हो ।
दुराले एक हजार पाँच सय ८३ मत पाउँदा उनका निकटतम प्रतिष्पर्धी एमालेका अधिकारीले आठ सय ९५ मत पाए ।

सो वडाबाट कांग्रेसका प्रमुख उम्मेदवार बैकुण्ठ न्यौपानेले एक हजार दुई सय एक मत पाउँदा प्रतिष्पर्धी दीपकराज जोशीले भने एक हजार एक सय पाँच मत पाएका थिए ।


उपप्रमुखमा कांग्रेसकी उम्मेदवार इन्दिरा दरैले आठ सय ३४ मत पाउँदा एमालेकी घर्तीले भने नौ सय ४९ मत पाइन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्