कार्यभार सम्हाल्दै ऋषिङ अध्यक्ष श्रेष्ठको पहिलो निर्णयः पहिरो प्रभावितको घर बनाउनलाई तत्काल राहत

  • ख-
  • ख+

ऋषिङः ऋषिङ गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले बाढी पहिरो प्रभावितलाई तत्काल राहत दिने घोषणा गरेका छन् ।

कार्यभार सम्हालेलगत्तै पहिलो निर्णय गर्दै उनले बाढी पहिरोमा परेर भत्किएका घर निर्माण तथा पुनस्र्थापनाका लागि तत्काल राहत वितरण गर्ने निर्णयमा हस्ताक्षर गरे । उनले राहत पाउन बाँकी भएकालाई पनि राहत दिने निर्णय गरेका छन् ।

यसका अलावा वर्षा नजिकिएकाले ऋषिङ ३ र ४ जोड्ने दिउलीखोलामा पुल निर्माण थाल्न आवश्यक व्यवस्था गर्न पनि उनले सम्बद्ध अधिकारीलाई निर्देशन दिएको गाउँपालिकाले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी