स्थानीय तह निर्वाचनः माओवादीका प्रमुख उम्मेदवारले स्वीकारे हार

  • ख-
  • ख+

दमौलीः स्थानीय तह निर्वाचनअन्र्तगत माओवादी केन्द्रका व्यास नगर प्रमुख उम्मेदवार अतिन्द्रकेशरी न्यौपानेले हार स्वीकार गरेका छन् ।


सामाजिक सञ्जाल फेसबुकमा एक स्ट्याटस लेख्दै उनले निर्वाचनमा पराजय भए पनि नगरपालिकामै बसेर नगरवासीको सेवामा लाग्ने प्रतिवद्धता जनाएका छन् ।

उनले यो निर्वाचन आफ्ना लागि महत्वपूर्ण शिक्षा बनेको भन्दै नगरवासीको सेवक बन्ने अभीष्ट पुरा गर्नका लागि थप परिश्रम गर्नुपर्ने जनादेशलाई स्वीरेको उल्लेख गरेका छन् ।

अहिले व्यास नगरपालिकामा खसेको करिब ३० हजार मतको गणना जारी छ । हालसम्मको गणनामा स्वतन्त्र उम्मेदवार दीपकराज जोशी कांग्रेसका प्रमुख उम्मेदवार बैकुण्ठनाथ न्यौपानेभन्दा केही अगाडि देखिएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी