व्यास १ को वडाध्यक्षमा मत गन्न बाँकी छँदै हड्खले विजयी (कसको कति मत ?ं

  • ख-
  • ख+

दमौलीः निकै ठूलो मतान्तरका कारण व्यास १ को सबै मत गन्न बाँकी छँदै वडाध्यक्षमा नेपाली कांग्रेसका रमेशचन्द्र हड्खले निर्वाचित भएका छन् ।

वडामा कुल खसेको तीन हजार २४ मध्ये हड्खलेले दुई हजार छ सय मत गन्दा एक हजार दुई सय ६८ मत पाएका छन् ।

उनका निकटतम प्रतिष्पर्धी स्वतन्त्र उम्मेदवार चुडामणि दाहालले छ सय ३३ मत पाएका छन् ।
गन्न बाँकी चार सय २४ मतकै अवस्थामा हड्खलेको फराकिलो मतान्तरका आधारमा उनी निर्वाचित भएका हुन् ।

सो वडाबाट हालसम्म नगर प्रमुखमा कांग्रेस उम्मेदवार बैकुण्ठनाथ न्यौपानेले एक हजार एक सय ६ मत पाउँदा स्वतन्त्र उम्मेदवार दीपकराज जोशीले नौ सय ७२ तथा उप प्रमुखमा कांग्रेसकी इन्दिरा दरैले एक हजार दुई सय ६६ मत पाउँदा एमालेकी बसुन्धरा घर्तीले छ सय ९७ मत प्राप्त गरेकी छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी