व्यास २ मा कांग्रेसका काशिरामको प्यानल विजयी

  • ख-
  • ख+

दमौलीः व्यास २ को वडाध्यक्षमा नेपाली कांग्रेसका वडाध्यक्ष काशिराम श्रेष्ठको प्यानल विजयी भएको छ ।

कुल खसेको १७५८ मध्ये विजयी श्रेष्ठले आठ सय दुई मत प्राप्त गरे । उनका निकटतम प्रतिष्पर्धी मुडा चिह्न लिएका राजकुमार श्रेष्ठ राकुले तीन सय ९० र कैंची चिह्नका दीर्घबहादुर थापाले एक सय ८८ मत पाए ।

श्रेष्ठको नेतृत्वमा महिला सदस्यमा रफतसाना मियाँ, दलित महिला सदस्यमा सविता रसाइली,खुला सदस्यमा जगतबहादुर क्षेत्री तथा सुरेश वाग्ले निर्वाचित भएका छन् ।

यससँगै लोकप्रिय मतका साथ श्रेष्ठको वडाध्यक्षका रुपमा दोश्रो कार्यकाल दोहोरिएको छ ।

वडाध्यक्षमा श्रेष्ठ निर्वाचित भए पनि खसेको कुल मतमध्ये नगर प्रमुखमा कांग्रेस उम्मेदवार बैकुण्ठनाथ न्यौपानेले भने कम मत पाएका छन् ।

न्यौपानेले पाँच सय ९६ मत पाउँदा स्वतन्त्र उम्मेदवार दीपकराज जोशीले भने आठ सय ३३ मत पाए । सो वडाबाट नगर उपप्रमुखमा एमालेकी पाँच सय ७६ तथा उपप्रमुखकी कांग्रेस उम्मेदवार छ सय ६६ मत मत प्राप्त गरिन् ।



कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी