देउरालीनगरमा धारिलो हतियार प्रहार हुँदा एक गम्भीर

  • ख-
  • ख+

विकास खनाल
दमौलीः
व्यास नगरपालिका–३ देउरालीनगरमा धारिलो हतियार प्रहारबाट एक स्थानीय सख्त घाइते भएका छन् ।

स्थानीय विनोद थापाले हतियार प्रहार गर्दा घाइते हुनेमा वीरबहादुर थापा छन् । हतियार प्रहार गर्दा थापा घाइते भएका हुन् ।

आँखा र टाउकामा गहिरो चोट लागेका थापाको दमौलीस्थित समाधान अस्पतालमा सामान्य उपचार पश्चात पोखरा रिफर गरिएको प्रहरीले जनाएको छ । नाताले साला पर्ने ती व्यक्तिले किन हतियार प्रयोग गरे भन्ने बिषयमा थप अनुसन्धान भैरहेको तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिए ।

हतियार प्रहार गर्ने व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान थालेको छ । घाइते थापा सोही ठाउँमा मोटरसाइकल ग्यारेज संञ्चालन गर्दै आएको बताइएको छ । हतियार प्रहार गर्ने व्यक्ति मानसिक सन्तुलन गुमाएको व्यक्ति भएको बुझिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी