व्यास अपडेटः वडा ३ को अध्यक्षमा अनुप रानासहित कांग्रेसको प्यानल निर्वाचित

  • ख-
  • ख+

दमौलीः व्यास ३ को वडाध्यक्षसहित सबै पदमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् ।


निर्वाचन अधिकृतको कार्यालयका अनुसार कांग्रेसका उम्मेदवार अनुप रानाले छ सय ५७ मत पाएर चुनावमा जित दर्ता गरेका हुन् ।

उनका निकट प्रतिष्पर्धी एमालेका बलराम श्रेष्ठले दुई सय ५२ मत पाए ।
वडाको प्यानलमा कांग्रेसकै उम्मेदवार निर्वाचित भएका छन् ।

खुला सदस्यमा शान्तिरमण वाग्ले, दधिराज घिमिरे, दलित महिला सदस्यमा श्रीमाया विक तथा महिला सदस्यमा बिनु श्रेष्ठ निर्वाचित भएका छन् ।

व्यास ३ मा नगर प्रमुखलाई कुल खसेको एक हजार एक सय ७५ मत मध्ये स्वतन्त्र उम्मेदवार दीपकराज जोशीलाई छ सय २७ तथा कांग्रेसका बैकुण्ठनाथ न्यौपानेलाई तीन सय ३३ मत खसेको छ ।

यसैगरी, व्यास ३ मा नगर उपप्रमुखलाई कुल खसेको एक हजार एक सय ७५ मत मध्ये कांग्रेसकी इन्दिरा दरैलाई चार सय ४९ तथा जोशी समूहको समर्थन पाएकी एमाले उम्मेदवार बसुन्धरा घर्तीलाई चार सय १७ मत खसेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी