दशैंसम्म तनहुँको राजमार्ग ‘खाल्डारहित’

  • ख-
  • ख+

दमौलीः यो दशैंमा पृथ्वी राजमार्गमा यात्रा गर्नेले खाल्डा खुल्डीको जोखिमबाट मुक्ति पाउने भएका छन् ।

सडक डिभिजन कार्यालय तनहुँले जिल्लामा पर्ने ७२ किलोमिटर खण्डमा यस्तो समस्या नआउने गरी काम भैरहेको दाबी गरेको छ । विभिन्न खण्डमा गरी सडक मर्मतको काम थालेकाले दशैंसम्म खाल्डा पुरिने दाबी डिभिजनको छ । पोहोर नै मर्मत गरिनुपर्ने सडक कोरोनाको संकटका कारण नसकिएको भन्दै डिभिजन प्रमुख अमितकुमार श्रेष्ठले यसपाली दशैंसम्म सक्ने गरि काम भैरहेको जानकारी दिए ।

अहिले मर्मत थालिएकामा पहिल्यै हुनुपर्ने योजना धेरै छन् भने केही नयाँ पनि छन् । राजमार्गअन्र्तगतको मुग्लिन दमौली, दमौली कुम्लेखोला तथा कुम्लेखोला कोत्रे खण्डमा मर्मतको काम भैरहेको छ ।

इञ्जिनियर सचिन क्षेत्रीले तनहुँ खण्डको सबै भागमा मर्मत हुने गरी काम भैरहेको जानकारी दिए । ‘चार खण्डमा काम भैरहेको छ, ‘ उनले भने ।

लकडाउन खुकुलो भएको लामो समयसम्म पनि मर्मतको काम शुरु हुन नसक्दा सडकको अवस्था झनै बिग्रेको थियो । काम थाल्न लागेका ठेकेदारले पनि कामदार ल्याउन नपाएको गुनासो गरे पछि प्रशासनसँग सहयोगका लागि आग्रह गरेकाले अहिले अवस्था सहज भएको डिभिजन प्रमुख अमितकुमार श्रेष्ठको भनाई छ ।

प्रशासनले पनि कामदार ल्याउने काममा सहजीकरण गरिएको बताएको छ । प्रमुख जिल्ला अधिकारी सागर आचार्यले यसका लागि अनुमति र वातावरण मिलाउने काम भएको बताए । ‘कामदार ल्याउन नपाएर अब काम रोकिएको छैन’, उनले भने,’ सुरक्षा मापदण्ड अपनाएर काम गर्न सहजीकरण भएको छ ।’

पोहोर हुनुपर्ने काम अहिले
पोहोर नै हुनुपर्ने सडकको काम अहिले मात्र हुन थालेको छ । डिभिजन प्रमुख श्रेष्ठले ठेक्का लागे पनि लक डाउनले गर्दा धेरैजसो काम हुन नसकेको बताए । बल्ल काम शुरु भएको छ । उनले भने ,’हामी चाँडै सक्ने गरी काम गरिरहेका छौं ‘

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी